बिएल संवाददाता
नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ।
जिल्लामा धानखेती हुने क्षेत्रफल घटे पनि उत्पादनमा भने वृद्धि भएको कृषि ज्ञान केन्द्र नवलपुरका सूचना अधिकारी विश्वास काफ्लेले बताएका छन्।
'गत वर्षभन्दा यस वर्ष धानखेती भएको कुल क्षेत्रफल एक सय ८८ हेक्टरले घटेको भए पनि उत्पादन भने नौ सय नौ मेट्रिक टनले वृद्धि भएको छ', सूचना अधिकारी काफ्लेले भने।
सूचना अधिकारी काफ्लेका अनुसार यस वर्ष नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा १८ हजार छ सय २८ हेक्टर क्षेत्रफलमा लगाइएको बर्खे धानबाट ७७ हजार आठ सय ६५ मेट्रिक टन उत्पादन भएको छ।
गत वर्ष जिल्लामा १८ हजार आठ सय १६ हेक्टर क्षेत्रफलमा लगाइएको बर्खे धान ७६ हजार नौ सय ५६ मेट्रिक टन उत्पादन भएको थियो। उत्पादकत्वका हिसाबले यो वर्ष जिल्लामा प्रतिहेक्टर चार दशमलव १८ मेट्रिक टन धान उत्पादन भएको सूचना अधिकारी काफ्लेले बताए।
“जिल्लामा यस वर्ष खडेरीका कारण क्षेत्रफल घटेको भए पनि बर्खे धान उत्पादनमा सामान्य वृद्धि भएको हो”, सूचना अधिकारी काफ्लेले भने, “किसानले विषेश गरेर साँवा मन्सुली, सावित्री, रामधान, युस–३१२, अनदीलगायत जातका धान रोपेका थिए।” जिल्लामा यस वर्ष चैते धानको उत्पादन र लगाइने क्षेत्रफल भने गत वर्षको भन्दा बढ्ने प्रक्षेपण गरिएको छ।
“आव २०७९/८० मा जिल्लामा एक हजार दुई सय २२ हेक्टर क्षेत्रफलमा छ हजार एक सय ७१ मेट्रिक टन चैते धान उत्पादन भएकामा यस वर्ष एक हजार पाँच सय हेक्टर क्षेत्रफलमा सात हजार छ सय पाँच मेट्रिक टन उत्पादन हुने प्रक्षेपण गरिएको छ”, सूचना अधिकारी काफ्लेले भने, “यस वर्ष अघिल्लो वर्षभन्दा थप चार सय ५० हेक्टर क्षेत्रफलमा चैते धानखेती प्रवर्द्धनका लागि बजेट व्यवस्थापन भएकाले चैते धानप्रति किसानको आकर्षण बढेको छ।”
आज केही स्थानमा मध्यम वर्षाको सम्भावना
जोनाथन डेभिडको ह्याट्रिकमा कतारमाथि क्यानडाको ६–० को ऐतिहासिक जीत, अन्तिम ३२ नजिक
प्रचण्डलाई ओलीको अफरः ‘कार्यगत एकता गरौँ, विद्यालाई नेता मानेर अघि बढौँ’
कानुन बनाउनेकै गैरकानुनी हर्कतः खारेज भइसकेको लाइसेन्स बोकेर मोटरसाइकल हुइँक्याउँदै हर्क
काठमाडौं नै नदेखेका सन्तबहादुरले केएमसीमा यसरी पाए निःशुल्क उपचार
दीपक भट्ट र सुलभ अग्रवाल कारागार चलान
सिंगापुरबाट देउवा दम्पतीको बिन्तीः ‘अनुसन्धानमा सघाउँछौं, पक्राउ नगर्नुस्’ (पत्रसहित)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया