बिएल संवाददाता
भारतले गुणस्तर जाँचको बहानामा डेढ महिनादेखि नेपाली चिया निर्यातमा अवरोध पुर्याएपछि आजदेखि इलामका चिया उद्योगहरू बन्द भएका छन्।
भारतीय पक्षले नेपाली चिया निकासीमा विभिन्न बहानामा अवरोध सिर्जना गरेपछि उद्योगीहरूले आजदेखि उद्योग बन्द गर्ने निर्णय लिएका हुन्।
चियाले बजार नपाएपछि उत्पादन भएको चिया गोदाममै थन्किएपछि बिग्रिने जोखिम बढेकोले थप उत्पादन रोक्न बाध्य हुनुपरेको व्यवसायीहरूको गुनासो छ।
पहाडी भेगका अर्थोडक्स चिया उद्योगहरू आजैबाट बन्द भएका छन् भने तराईका सीटीसी चिया उद्योगहरू ४ असारदेखि बन्द गर्ने तयारीमा छन्।
उद्योग बन्द गर्ने निर्णयले पहाडका ५६ वटा र तराईका ३० वटा चिया उद्योग प्रभावित भएका छन्।
भारतीय चिया बोर्डले हालै जारी गरेको नयाँ एसओपीका कारण नेपाली चिया निर्यातमा ठूलो बाधा पुगेको नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताले बताए।
नेपाली चियाको नमुना संकलन गरी परीक्षणका लागि पठाइने, परीक्षण रिपोर्ट आउन समय लाग्ने, सानो गल्ती देखिए चिया नै नष्ट गरिदिने डरले भारतीय आयातकर्ताहरू नेपाली चिया खरिद गर्न हिच्किचाउन थालेका छन्।
चिया उत्पादकहरूले सरकारलाई कुटनीतिक माध्यमबाट समस्या समाधान गर्न आग्रहसमेत गरेका छन्।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया