बिएल संवाददाता
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुग्ध विकास संस्थान (डीडीसी)का कर्मचारीहरूलाई सित्तैमा दूध र घिउ लैजान रोक लगाएको छ।
वर्षौंदेखि घाटामा रहेको संस्थानमा कर्मचारीले भने संस्थानका उत्पादन सित्तैमा उपभोग गर्दै आएको पाइएपछि मन्त्रालयले कर्मचारीले उपयोग गर्दै आएको सुविधामा रोक लगाउने निर्णय गरेको हो।
संस्थान वर्षौंदेखि घाटामा, किसानहरू दूधको भुक्तानी नपाएर छटपटीमा रहेका बेला कर्मचारीले अनावश्यक सुविधा लिइरहेको र नियम विपरीत दैनिक रूपमा दूध र मासिक रूपमा घिउ सित्तैँमा घर लैजाने गरेको पाइएपछि मन्त्रालयले ठाडो हस्तक्षेप गरेको हो।
कृषिमन्त्री गिता चौधरीको यो निर्णयले अब संस्थानको वार्षिक २ कराेड ८५ लाख रुपैयाँ जाेगिने बताइएको छ। मन्त्रालयले सरकारी संस्थानहरूमा अब यस्तो लुट र बेथिति नचल्ने चेतावनी दिएको छ।
कर्मचारीको सुविधा कटौतीबाट जोगिएको रकमले किसानहरूको बाँकी बक्यौता भुक्तानी र दुग्ध उत्पादन वृद्धिका कार्यक्रममा खर्च गरिने मन्त्रालयले जनाएको छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया