बिएल संवाददाता
नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ।
बुधबार साँझ पेट्रोल, डिजेल र मट्टितेलमा १५/१५ रुपैयाँ मूल्यवृद्धि गरेको निगमले एक सूचनामार्फत जानकारी दिएको छ। वृद्धि भएको मूल्य आज मध्यरातबाट लागू हुनेछ।
मूल्यवृद्धिपछि पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १८४ रुपैयाँ पुग्दा दोस्रो वर्गका लागि १८६ रुपैयाँ र तेस्रो वर्गका लागि १८७ रुपैयाँ पुगेको छ।
यस्तै डिजेल/मट्टितेलको मूल्य पहिलो वर्गका लागि १६४ रुपैयाँ ५० पैसा पुग्दा दोस्रो वर्गका लागि १६६ रुपैयाँ र तेस्रो वर्गका लागि १६७ रुपैयाँ प्रतिलिटर पुगेको छ।
पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज पर्छन्।
दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायललाई निर्धारण गरिएको छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया