बिएल संवाददाता
प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृतबाट अशोक शेरचनले राजीनामा दिएका छन्। सीआईबीले पक्राउ गरेपछि उनलाई सञ्चालक समितिले उनलाई निलम्बन गरेको थियो।
सञ्चालक समितिले निलम्बन फुकुवा गरेलगत्तै शेरचनले आइतबार राजीनामा दिएका हुन्।
विभिन्न बैंकिङ कसुर र बैंकलाई हानीनोक्सानी पुर्याएको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले शेरचनलगायत पक्राउ गरेको थियो।
उच्च अदालत, पाटनले बयान प्रक्रिया चाँडो सकेर रिहा गर्न आदेश दिएपछि उनी हाजिरी जमानीमा छुटेका थिए। हिरासतमुक्त भएपछि निलम्बन फुकुवा भएका शेरचनले पदबाट राजीनामा दिएका हुन्।
शेरचनले राजीनामा दिएपछि प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सुमन शर्मा नियुक्त भएका छन्।
मंगलबार बसेको बैंक सञ्चालक समिति बैठकले बैंकर शर्मालाई चार वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। उनी यसअघि सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत भएका थिए।
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया