बिएल संवाददाता
नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको छ।
शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले इन्डियन आयल कर्पोरेसनबाट शनिबार प्राप्त नयाँ खरिद मूल्यसूची अनुसार डिजेल र मट्टितेलको मूल्य समायोजन गरेको हो।
इन्डियन आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको भाउ बढेर आएपछि निगमले साविकको बिक्री मूल्यमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि गर्ने निर्णय गरेको हो।
आईओसीबाट डिजेलमा प्रतिलिटर ४ रुपैयाँ ६६ पैसा बढेर आए पनि उपभोक्ताको हितलाई ध्यानमा राख्दै प्रतिलिटर ३ रुपैयाँ मात्र बढाइएको निगमले जनाएको छ।
आईओसीबाट एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ४५ रुपैयाँ ४९ पैसाले बढेर आए पनि निगमले हाललाई ग्यासको बिक्री मूल्य भने यथावत राखेको छ।
त्यस्तै हवाई इन्धनको मूल्य घटाएर (आन्तरिक)तर्फ प्रतिलिटर १ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर ७ अमेरिकी डलरले मूल्य घटाइएको छ।
समायोजन भएको मूल्य शनिबार मध्यरात (आइतबार १२ बजे)देखि लागू हुनेछ।
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया