बिएल संवाददाता
नेपाल राष्ट्र बैंकले चाँदी आयातमा सटही सुविधा खुकुलो बनाएको छ।
एकीकृत परिपत्र संशोधन गर्दै केन्द्रीय बैंकले अब चाँदी आयातका लागि उद्योगहरूलाई प्रतिपटक ५ लाख अमेरिकी डलरसम्म (वा सो बराबरको विदेशी मुद्रा) सटही सुविधा दिने निर्णय गरेको छ।
यसअघि यो सीमा ३ लाख डलर थियो। अन्य व्यवसायीहरूलाई भने १ लाख डलरसम्मको सटही सुविधा मात्र हुनेछ।
सटही सुविधा प्राप्त गर्न वाणिज्य बैंकहरूले अघिल्लो सटहीमार्फत आयात र त्यसको निर्यात स्थिति जाँच्नुपर्नेछ भने व्यवसायीहरूले अन्य बैंकबाट बक्यौता नभएको स्वघोषणा पनि दिनुपर्नेछ।
गत आर्थिक वर्षको पहिलो १० महिनामा चाँदी आयात ५ अर्ब रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ६८.८% बढी हो।
राष्ट्र बैंकले विदेशी मुद्रा सञ्चिति वृद्धि भएपछि सटही सुविधा खुकुलो बनाएको हो।
हाल सञ्चिति २५ खर्ब ६९ अर्ब रुपैयाँ (१८.६५ अर्ब डलर) पुगेको छ, जुन १७.६ महिनाको वस्तु आयात र १४.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ।
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया