बिएल संवाददाता
साताको दोस्रो कारोबार दिन नेप्से परिसुचक २.०७ अंकले घटेको छ। नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ।
आज नेप्से परिसुचक घटेसँगै २९६२.१३ अंकमा पुगेर रोकिएको छ। आइतबार नेप्से परिसुचक २९६४.२० बिन्दुमा रोकिएको थियो। आज कुल ३२१ स्टकको १९ अर्ब ३६ करोड ८ लाख ७३ हजार ३४ रुपैयाँ बराबरको ४ करोड ४१ लाख २४ हजार ९२४ कित्ता शेयर कारोबार भएको छ। अघिल्लो कारोबार दिन भने साढे २६ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।
आज सेन्सेटिभ इन्डेकस ०.७८ अंकले घटेको छ। फ्लोट इण्डेक्स ०.३७ अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने ०.३७ अंकले घटेको छ।
आज समता घरेलु लघुवित्त वित्तिय संस्था लिमिटेड, सान्भी इनर्जी र ट्रेड टावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। समता घरेलु लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ११४.२० रुपैयाँले बढेर १२५६.९० रुपैयाँमा अन्तिम कारोबार भएको छ।
सान्भी इनर्जी लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ६३.०२ रुपैयाँले बढेर ६९८.६२ रुपैयाँमा अन्तिम कारोबार भएको छ र ट्रेड टावर लिमिटेडको शेयर मुल्यपनि प्रतिकित्ता ६७.९४ रुपैयाँले बढेर ७८०.९४ रुपैयाँमा अन्तिम कारोबार भएको छ।
बिन्ध्यवासिनी हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा धेरै घटेको छ। यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता ८.४९ प्रतिशतले घटेर ६२३.७५ रुपैयाँमा अन्तिम कारोबार भएको छ। ग्रिनभेन्चरर्स लिमिटेडको शेयर मूल्य ५.०८ प्रतिशतले घटेर ६००.४७ रुपैयाँमा अन्तिम कारोबार भएको छ।
आज शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी लिमिटेड, नाग्दी ग्रुप पावर र लुम्बीनी विकास बैंकको शेयर सबैभन्दा धेरै कारोबार भएको छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया