'द बेष्ट' अवार्ड: नेपाली कप्तान र प्रशिक्षकको रोजाइ रोनाल्डो र मेसी

तस्बिरः एजेन्सी

बार्सिलोनाका कप्तान लिओनल मेसी फिफा वर्ष खेलाडी २०१८ भएका छन्। सन् २०१८ मा उत्कृष्ट खेलाडी घोषित हुँदै मेसीले यो अवार्ड जितेका हुन् ।विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सोमबार राति इटालीको मिलान आयोजित विशेष कार्यक्रममा मेसीलाई 'द बेष्ट' अवार्ड प्रदान गरेको हो।

मेसीले गएको वर्ष राष्ट्रिय टिमबाट खासै राम्रो गर्न सकेनन्, च्याम्पियन्स लिगमा पनि उनको टिम बार्सिलोनाले खासै राम्रो गरेको होइन । तर, ला लिगा फुटबलको उपाधि भने बार्सिलोनाले जितेको थियो त्यसमा मेसीको भूमिका महत्वपूर्ण थियो।

गएको सिजन बार्सिलोना र अर्जेन्टिनाका लागि गरी कुल ५८ खेलमा ५४ गोल गरेका मेसीले क्रिष्टियानो रोनाल्डो र भर्जिल भान डिजेकलाई पछि पार्दै फिफा वर्ष खेलाडीको अवार्ड जितेका हुन्।

केही समयअघि बालोन डी’अवार्डमा मेसी र रोनाल्डोलाई पछि पारेर अवार्ड जितेका भर्जिल भान डिजेकलाई फिफा अवार्डको बलियो दाबेदार मानिएको थियो । तर मेसीले भान डिजेकलाई पछि पारे । मेसीले कुल ४६ वरीयता अंक जोड्दै छैटौं पटक अवार्ड जित्न सफल भए ।

भान डाइकले ३८ अंक तथा रोनाल्डोले ३६ अंक पाए । फिफाको वेस्ट बर्ष खेलाडीको छनोट फिफामा आवद्ध सबै देशका प्रशिक्षक र कप्तानले दि बेस्टका लागि मतदान गरेका थिए ।

नेपालका कप्तान विराज महर्जनले भने आफ्नो पहिलो भोट क्रिस्टियानो रोनाल्डोलाई दिएका छन् । दोस्रो भोट मेस्सीलाई तथा तेस्रो भोट भान डाइकलाई दिएका छन् । नेपालका प्रशिक्षक योहान कालिनले आफ्नो पहिलो भोट मेस्सीलाई, दोस्रो भोट रोनाल्डोलाई तथा तेस्रो भोट भान डाइकलाई दिएका छन् ।

यसैगरी नेपालका लागि मिडियाबाट द काठमाडौं पोस्टका खेलकुद ब्युरो प्रमुख रितेश रिजालले मतदान गरेका थिए । उनले क्रमशः मेसीकिलियन एमबाप्पे र भान डाइकलाई मत दिए ।


मेसीले यसअघि सन् २००९, २०१०, २०११, २०१२ र २०१५ मा पनि अवार्ड जितेका थिए ।

प्रकाशित मिति: : 2019-09-24 11:06:55

प्रतिकृया दिनुहोस्