इन्डोनेशियामा दोस्रो कार्यकालका लागि विडोडो निर्वाचित

Agency

इन्डोनेशियामा जोको विडोडो दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका छन्। मंगलबार निर्वाचनको नतिजा सार्वजनिक भएपछि उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्। 

जितपछि उनले भने, ‘जितको पुष्टी आज भएको छ। फेरि राष्ट्रपतिको सपथ लिनेछु।

विपक्षीहरूले निर्वाचनमा धाँधली भएको आरोप लगाएका छन्। विपक्षीहरूको विरोध प्रदर्शनपछि राजधानी जकार्तामा हजारौंको संख्यामा सैनिक तैनाथ गरिएको छ।
इन्डोनेशियामा १७ अप्रिलमा एकै पल्ट राष्ट्रपति, उप–राष्ट्रपति र संसदीय निर्वाचन भएको थियो।

निर्वाचनको नतिजा बुधबार सार्वजनिक गर्ने कार्यक्रम थियो। तर, निर्वाचन आयोगले मंगलबार नै नतिजा सार्वजनिक गरेको हो।

राष्ट्रपति विडोडोलाई निर्वाचनमा चुनौती दिएका प्राबोवो सुबिआन्तोले यसपालिको चुनावमा व्यापक धांधली भएको दावी गरेका छन्।

पूर्व जर्नेल सुबिआन्तोले चुनावको परिणाम आफूलाई अस्विकार्य भएको बताएका छन्।

प्रकाशित मिति: : 2019-05-21 20:02:13

प्रतिकृया दिनुहोस्