लोकप्रिय मतको पक्षमा मेन: पक्षमा १९३ मत , २७० अझै टाढा

अमेरिकी राष्ट्रपतिमा लोकप्रिय मतमाथि भारी पर्दै आएको इलेक्ट्रल भोटलाई बिस्थापित गर्ने अभियानमा अर्को एक राज्य पनि थपिएको छ। चार इलेक्ट्रोल भोट रहेको मेन यो अभियानमा उभिएको १५औं राज्य भएको छ। यस अभियानका लागि कुल २७० मत चाहिनेमा अब १९३ मत पुगेको छ। 

मेनको सिनेटले १९-१६ को बहुमतबाट लोकप्रिय मतमा जाने निर्णय गरेको छ। यो निर्णयअनुसार मेनले आफ्नो चार इलेक्ट्रोल भोट स्टेटमा जित्नेलाई हैन, लोकप्रिय मत जित्ने राष्ट्रपतिको उम्मेद्वारलाई दिने छ।

लोकतन्त्रमा हरेक जनताको मतको अर्थ हुनुपर्छ र सबैभन्दा बढी मत पाएको उम्मेद्वार नै अमेरिकाको राष्ट्रपति हुनुपर्छ भने सोचका साथ यो अभियान अगाडि बढाइएको हो। अभियानमा यसअघि नै क्यालिफोर्निया, कोलोराडो, कनेक्टिकट, डेलाबर, हवाई, एलिनोय, मेरिल्याण्ड, मासाचुसेट्स, न्युजर्जी, न्यु मेक्सिको, न्युयोर्क, रोड आइल्याण्ड, भर्मण्ट, वासिङ्टन डी सी सहभागी भैसकेका छन्। 

अमेरिकाकामा अधिकांश समय लोकप्रिय मत डेमोक्रेटिक उम्मेद्वारले नै जित्दै आएका छन्। त्यसैले अधिकांश डेमोक्रेटिक राज्यहरू यस अभियानमा जोडिएका छन्। तर, इलेक्ट्रोल मत प्रणालीकै आधारमा जीत हात पार्दै आएको रिपब्लिकन राज्यहरू भने यसको विपक्षमा रहदै आएका छन्।  

५३८ इलेक्ट्रल मत रहेको अमेरिकामा राष्ट्रपतिमा विजयी हुन २७० इलेक्ट्रल मत चाहिन्छ। यो जादुगरी अंक हासित गर्ने उम्मेद्वार लोकप्रिय मत नजिते पनि अमेरिकाको राष्ट्रपतिमा विजयी हुन्छ। सन् २०१६ को चुनावमा हिलारी ६ करोड ५८ लाख ५३ हजार पाँचसय १४ (४८.२%) मत ल्याएकी थिइन् भने डोनल्ड ट्रम्पले ६ करोड २९ लाख ८४ हजार आठसय २८ (४६.१%) मत ल्याएका थिए। हिलारीले ट्रम्पक। भन्दा २८ लाख, ६८ हजार ६सय ८६ मत बढी ल्याएकी थिइन् तर पनि उनी इलेक्ट्रल मतमा पछि परेकाले विजयी हुन पाइनन्। इलेक्ट्रल मतमा ट्रम्पले तीनसय छ पाँउदा हिलारीले दुईसय ३२ मात्र पाइन्।

 

प्रकाशित मिति: : 2019-05-16 19:35:49

प्रतिकृया दिनुहोस्