बाघको छाला र चारवटा भ्रूणसहित पाँच व्यक्ति पक्राउ

Photo: AFP

इन्डोनेशियामा दुर्लभ सुमात्रन प्रजातिको बाघको छाला र चारवटा भ्रूणसहित पाँच व्यक्ति पक्राउ परेका छन्।

इन्डोनेशियाको पर्यावरण र वन मन्त्रालयका एक अधिकारीका अनुसार एउटा सुराकका आधारमा ती सन्दिग्ध व्यक्तिहरूलाई पक्राउ गरिएको थियो। तीमध्ये दुई जनाले बाघका भ्रूण र छाला बेच्न खोजेको बताइएको छ। प्रहरीका अनुसार छाला वयस्क बाघको हो। फेला परेका भ्रूणहरू एउटा सिसाको भाँडोमा थिए।

सुमात्रन प्रजातिका बाघलाई अतिसङ्कटापन्न मानिन्छ। प्राकृतिक वासस्थानमा तिनको सङ्ख्या ४०० वटाभन्दा कम भएको अनुमान गरिएको छ।

ती भ्रूण छाला काढिएकी बघिनीकै हुन् कि हैनन्, त्यो भने स्पष्ट भएको छैन

इन्डोनेशियामा बाघको सिकार गरेको पाइए जेल सजाय र ठूलो जरिवाना हुन्छ। दोषी प्रमाणित भए उनीहरूलाई पाँच वर्ष कारागार र १० करोड इन्डोनेशियाली रुपिया (झन्डै ७१०० अमेरिकी डलर) दण्ड हुन सक्छ।

चीन तथा एशियाका केही भागमा बाघको हड्डी र अन्य अङ्गको औषधीय महत्त्व भएको परम्परागत मान्यता छ। त्यसले बाघको अवैध सिकारलाई प्रोत्साहन गरेको बताइन्छ।

 

प्रकाशित मिति: : 2019-12-09 11:24:14

प्रतिकृया दिनुहोस्