पाकिस्तानमा गुडिरहेको रेलमा आगलागी: ४६ जनाको मृत्यु, ४२ घाइते

तस्बिरः एजेन्सी

पाकिस्तानमा गुडिरहेको रेलमा आगलागी हुँदा कम्तीमा ४६ जनाको मृत्यु भएका छन् भने ४२ घाइते छन् ।

राजधानी कराँचीबाट रावलपिंडीतर्फ गइरहेको तेजगाम एक्स्प्रेसको रेलमा बिहीबार बिहान आगलागी भएको पाकिस्तानी सञ्चार माध्यमहरूले बताएका छन् ।

मिडियाका अनुसार सिलिन्डर विस्फोटका कारण आगलागी भएको जनाएका छन् ।

लियाकतपुरमा पुगेपछि भएको आगलागीमा रेलका ३ वटा डब्बा जलेका छन् । आगो नियन्त्रणमा आएकाले अन्य डिब्बा भने आगलागी हुनबाट जोगिएका छन् ।

घटनामा ४२ घाइते भएकामा उनीहरूको लियाकतपुरस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर भएकाले मृतकको संख्या थप बढ्न सक्ने बताइएको छ ।

प्रकाशित मिति: : 2019-10-31 11:48:53

प्रतिकृया दिनुहोस्