हरियाणामा भाजपाको दबदबा, महाराष्ट्रमा नतिजा उल्टने संकेत

तस्बिरः एजेन्सी

भारतको हरियाणा र महाराष्ट्र विधानसभा गठनका लागि भएको चुनावको मत गणना जारी छ ।

प्रारम्भिक मत परिणामले हरियाणा र  महाराष्ट्रमा भारतीय जनता पार्टी (भाजपा)ले सन्तोषजनक नतिजा ल्याउन सकेको छैन् ।

२८८ सिटको महाराष्ट्रमा भाजपा गठबन्धन १६२ सिट (भाजपा १०२ र शिवसेना ५९) मा अगाडि छ । कांग्रेस गठबन्धन १०० सिट (भारतीय कांग्रेस ४४ र राष्ट्रिय कांग्रेस ५६) मा अगाडि छ ।

महाराष्ट्रमा हाल भाजपा–शिवसेनाको सरकार छ । यो चुनावले उसको सिट संख्या घट्ने देखाएको छ ।

हरियाणामा भने भाजपाको नतिजा सुखद रहेन। भाजपा गठबन्धन ३६ र कांग्रेस गठबन्धन ३५ सिटमा अगाडि छ ।

९० सिटको विधानसभामा हाल भाजपाको सरकार छ ।

प्रकाशित मिति: : 2019-10-24 14:58:06

प्रतिकृया दिनुहोस्