सकिए राजा, सकिएको छैन 'राजसी उपद्रो '!

जुलाईमा यस्तो गराएर उपपत्नीको दर्जा दिए.. अहिले फेरि खोसे । तस्बिर : एजेन्सी

संसारमा बचेखुचेका राजाहरू पनि अनेकखालका उपद्रो मच्चाएर जग हसाइरहेका हुन्छन् । यस्तै जग हसाउने एक राजा हुन् थाइल्याण्डका राजा महा वाचिरालङ्कन ।

पत्नी फेर्ने मामलामा बदनाम उनले केही समयअघि आफ्नै लामो समयदेखिकी एक भित्रिनीलाई उपपत्नीको दर्जा दिएर संसार हसाएका थिए । अहिले उनले विश्वासघात गरेको भनेर तिनै उपपत्नीलाई पदबाट हटाएको घोषणा गरेर फेरि अर्कोपटक जग हसाएका छन् ।

उनले आफ्नी उपपत्नीले पत्नी हुन खोजेर महारानीको पद हासिल गर्न खोजेकाले बर्खास्त गर्नुपरेको सार्वजनिक जानकारी गारएका छन् ।

यो पनि हेर्नुहोस् 

मानवीय कार्यमा बढ्दै गरेका युवापुस्ता

यी राजा उनका बाबुको मृत्यु भएपछि सन् २०१६ मा राजा भएका थिए । उनको राज्यभिषेक भने केही समयअघि मात्र भएको थियो ।

यी राजाले गत मे महिनामा चौथो पत्नीका रूपमा सुथिदालाई भित्राएका थिए । भूतपूर्व विमानपरिचारिका तथा राजाको अङ्गरक्षक समूहकी प्रमुख ४१ वर्षीया रानी सुथिदा लामो समयदेखि राजा वाचिरालङ्कनककी साथी थिइन्। उनी उनको प्रमुख अंगरक्षक पनि थिइन् । तिनै अंगरक्षकलाई महारानी बनाएका उनको यो निर्णयको आलोचना पनि भएको थियो । 

त्यसको दुई महिनापछि नै आफ्नी लामो समयदेखिकी अर्की एक भित्रीनी सिनीनातलाई उपपत्नी अर्थात् 'चाओ खुन फ्रा सिनीनात बिलासकलयानी'को उपाधि दिएका थिए।

अहिले उनले त्यही उपाधि खोसिदिएका हुन् । उपाधि खोसिएकी सिनीनात थाइ सेनाकी मेजर जनरल र राजाकै एक अङ्गरक्षक हुन् ।  उनी तालिमप्राप्त विमानचालक र नर्स पनि हुन् । 

यी राजाले चार पटक विवाह गरे । सोमसवालीसँग १९७७मा विवाह गरेका उनले सन् १९९४ मा युवाथिदा फोल्प्रसिथलाई दोस्रो रानी बनाए । उनले सन् १९९६ मा दोस्री पत्नी र तिनबाट जन्मेका चार छोरालाई परित्याग गरे । उनी भागेर अमेरिका गइन्। त्यसपछि उनले २००१ मा श्रीरात सुवादीलाई तेस्रो पत्नी बनाए । उनले २०१४ मा ती रानीको पनि सबै राजकीय उपाधि खोसेर दरबारबाट निकालिदिए। यी सबै उनले युवराज हुँदै गरेका राज-उपद्रो हुन् ।

सैनिक शक्तिको आडमा उपद्रो मच्चाइरहेका यी राजाको उपद्रो २१औं शताव्दीका थाइ जनताले रमिताको रूपमा हेरिरहेका छन् । 

 

प्रकाशित मिति: : 2019-10-23 04:05:06

प्रतिकृया दिनुहोस्