जैश-ए-मोहम्मदले आक्रमण गर्ने सूचना आएको भन्दै नयाँदिल्लीमा उच्च सुरक्षा सतर्कता

तस्बिरः एजेन्सी

जैश-ए-मोहम्मदले ४ सय बढी स्थानमा आक्रमण गर्ने सूचना आएको भन्दै भारतको नयाँदिल्लीमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । स्रोतका अनुसार ३ मे २०१६ मा दिल्लीको चाँदबाग क्षेत्रबाट पक्राउ परेका जैश-ए-मोहम्मदका तीन सदस्यहरुले दिल्लीमा आक्रमण गर्ने योजनाको खुलासा गरेका थिए ।

दिल्ली प्रहरीले यो सूचना पाएलगत्तै हाई अलर्ट जारी गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।दिल्लीका १५ मध्ये आठ स्थानलाई संवदेनशील घोषणा गरिएको छ ।

रोहिणी, दिल्ली उत्तरपूर्व, उत्तरपश्चिम, उत्तर, नयाँदिल्ली, द्वारका, पूर्वी र मध्य क्षेत्रका चार सय बढी भवन र केही बजारलाई आतंकवादी समूहले निशाना बनाउन सक्ने गुप्तचर अधिकारीहरुको भनाइ छ ।

 

प्रकाशित मिति: : 2019-10-20 11:25:26

प्रतिकृया दिनुहोस्