साउदीको मदिना प्रान्तमा बस र ट्रक ठोक्किँदा ३५ जनाको मृत्यु

तस्बिरः एजेन्सी

साउदी अरबको मदिना प्रान्तमा बस र ट्रक ठोक्किँदा ३५ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार प्रवासीहरु चढेको बस अल–अखल क्षेत्रमा बुधबार साँझ करिब सात बजेतिर ट्रकसँग ठोक्किएको थियो । बसमा ३९ जना रहेको मध्ये ३५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।मृत्यु हुनेहरुमा धेरैजसो एसियाली र अरब मूलका नागरिक छन् ।

ट्रकसँग ठोक्किएपछि बसमा आगो लागेको थियो । घाइतेहरुलाई अल हमना अस्पतालमा भर्ना गरिएको छ ।

 

प्रकाशित मिति: : 2019-10-17 12:01:35

प्रतिकृया दिनुहोस्