अमेरिकाको युद्धविराम प्रस्ताव टर्कीद्वारा ठाडै अस्वीकार

ट्रम्प र एर्डोगान आम्नेसाम्ने : हेरौ अब के हुन्छ ? तस्बिर : एजेन्सी

अमेरिकाले उत्तरी सिरियामा युद्धविरामका लागि गरेको आग्रहलाई टर्कीले ठाडै अस्वीकार गरेको छ । 

टर्कीका राष्ट्रपति रिसेप तायिप एर्डोगानले यस्तो घोषणा गरेका हुन् । अजरबैजानबाट टर्की फर्किएका राष्ट्रपति एर्डोगानले विमानस्थलमै पत्रकारहरूलाई यस्तो बताएका हुन् । उनले भने, 'अमेरिकाले कुर्दविरुद्धको कारबाही रोक्न दबाब दिइरहेको छ । तर आफूहरुको स्पष्ट लक्ष्य रहेको र त्यो हासिल नगरी फर्कने कुरै आउँदैन ।' उनलेअगाडि थपे,  अमेरिकाले प्रतिबन्धलगाइ रहन्छ, यो उसको फेसन नै हो । टर्कीले त्यसबारेमा चिन्ता गरेको छैन ।'

अमेरिकी उपराष्ट्रपति माइक पेन्स र विदेशमन्त्री माइक पोम्पेओ टर्की जाने तयारी गरिरेको अवस्थामा अंकाराबाट आएको एर्डोगानको त्यस्तो भनाइ अमेरिकाका लागि शुभ संकेत हैन । 

उता, अंकारामा एर्डोगानले त्यसो भनिरहेको बेला यता वासिङ्टन डीसीमा भने उपराष्ट्रपति पेन्सले बिहीबार एर्डोगानलाई भेट गर्ने कार्यक्रम सार्वजनिक गरेको छ । 

यसअघि सिरियाली कुर्द लडाकूबिरुद्धको आक्रमणलाई अन्त्य गर्न माग गर्दै अमेरिकाले मङ्गलबार टर्कीमाथि आर्थिक प्रतिबन्ध लगाएको थियो। उत्तरपूर्वी सिरियाबाट अमेरिकी सेना फर्काउने अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णयपछि टर्कीले त्यहाँ आक्रमण शुरु गरेको छ । 

प्रकाशित मिति: : 2019-10-16 18:52:34

प्रतिकृया दिनुहोस्