जापानमा विशाल टाइफुन भोलि आउँदै ।

तस्बिरः एजेन्सी

जापानमा भोलि अहिलेसम्म आएको सबैभन्दा ठूलो टाइफुन आउने भविष्यबाणी गरिएको छ ।

जापानको मौसम बिभाग अनुसार अहिलेसम्म आएको टाइफुनभन्दा तीन गुणा ठूलो टाईफुन आउने छ । ‘हगिविस’ नाम दिइएको सुपर–टाइफुन विगत ६० घण्टादेखि पश्चिमी प्रशान्त महासागरमा सक्रिय छ । हगिविस यो वर्ष सबैभन्दा लामो अवधिको सुपर–टाइफुन बनेको छ । टाइफुनले जापानको दक्षिणी पश्चिम क्षेत्रमा बिशेष प्रभाव पार्ने छ । जापानको याकुसु टापुबाट पश्चिम जापान कान्साई क्षेत्र हुँदै बहने छ ।

हाल महासागरीय क्षेत्रमा सक्रिय रहेको यो टाइफुनको ‘आँखा’ ५५ किमी फराकिलो छ । मौसमविद्ले यसको गतिलाई क्याटोगोरी ५ चक्रवातको हाराहारीमा राखेका छन् ।हालको मार्गमा अघि बढीरहेमा यो टाइफुन भोलि जापान प्रवेश गरेर ठूलो क्षति पु¥याउनेछ । 

तर जापान पुग्दा यसको तीव्रतामा कमी आउनेछ । मौसम वैज्ञानिकका अनुसार जापान प्रवेश गर्दा टाइफुनको तिव्रता क्याटेगोरी २ मा हुनेछ ।यो टाइफुनको प्रभाव जापानको अधिकाँश भागमा महसुस गरिनेछ र यसको ‘आखाँ’ टोकियोबाट हुदैं अघि बढ्ने हालको प्रक्षेपणले देखाँउछ ।

टाइफुनको हल्ला चलेपछि सुपर मार्केटमा खाने कुराहरू आज नै रित्तिएको संचार माध्यमहरुले जानकारी दिएका छन् ।

जापानमा यस अघि अघिल्लो महिनै नै फाक्सिाया नामको टाइफुन आएको थियो । त्यसमा परेर तीन जनाको मृत्यु भएको थियो भने ७ अर्ब डलर धनमालको क्षति भएको थियो । 

प्रकाशित मिति: : 2019-10-12 08:32:09

प्रतिकृया दिनुहोस्