दुबईमा गाडी दुर्घटना, छ नेपालीसहित ८ जनाको मृत्यु

Image Credit: Dubai Police

युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईमा  गाडी दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

स्थानीय समयअनुसार विहान ४ बजेर ५४ मिनेटमा दुबईको सेख मोहम्मद विन जायद सडकमा फर्स्ट सेक्युरिटी ग्रुपको १४ सिटे मिनिबस लरीसँग ठोक्किएको थियो ।

उक्त दुर्घटनामा मृत्यु हुने मध्ये छ जना नेपाली नागरिक रहेको युएईस्थित नेपाली दूतावासले पुष्टि गरेको छ । अन्य मृतक एसियाली राष्ट्रका रहेको त्यहाँको प्रहरीले जनाएको छ ।

यूएईस्थित नेपाली दूतावासका श्रम काउन्सुलर भेषबहादुर कार्कीका अनुसार मृत्यु हुने नेपालीहरुमा रमेश चौधरी, दानबहादुर सत्याल, कृष्णबहादुर पुन, नारायणप्रसाद पोखरेल, दीपक विक र नयराम साउद रहेका छन् । उनिहरुको नेपालस्थित ठेगाना भने खुलेको छैन ।

दुर्घटनामा अरु ६ जना पनि घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ भने अन्य ४ जनाको अवस्था सामान्य रहेको छ ।घाइतेहरुको स्थानीय रसिद अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: : 2019-09-30 16:52:00

प्रतिकृया दिनुहोस्