नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले संविधानमा सुधार गरेर निर्वाचनमा कुनै एक दलको बहुमत आउने गरी निर्वाचन प्रणालीमा सुधारको आवश्यकता रहेको बताएका छन्। समावेशितालाई कायम राख्दै निर्वाचन प्रणालीमा सुधार जरुरी भएको डा.कोइरालाको भनाइ छ।
शनिबार धनगढीमा बोल्दै उनले सत्ता गठबन्धन हुँदा काँग्रेस र एमाले बीच भएका सात बुँदे सहमतिको अक्षरस पालना गर्नुपर्ने समेत बताए।
सहकारी पीडकहरुलाई पक्राउ गर्ने एउटा प्रक्रिया हो तर सहकारी पीडितहरुलाई राहत र क्षतिपुर्ति उपलब्ध गराउन सरकारको ध्यानकर्षण गराएका छन्।
देशको अर्थ राजनीति, छिमेकी मुलुकहरुसँगको लेनदेनको अर्थ व्यवस्था र दातृनिकायको ऋणलाई समेत केलाउँदै देशको बजेटले देश चल्नै नसक्ने अवस्थामा पुगेकोतर्फ सचेत रहन सरकारलाई उनकाे आग्रह छ।
प्रजातन्त्र सेनानी भन्ने वित्तिकै आफू भावुक हुने भन्दै कोइरालाले ती सेनानीहरु नभएको भए देशमा प्रजातन्त्र स्थापना हुनै नसक्ने बताए।
नेपाल प्रजातन्त्र सेनानी संघ सुदुरपश्चिमको प्रथम प्रदेश अधिवेशनको उनले शनिबार धनगढीमा उद्घाटन गर्दै पछिल्ला दशकमा पार्टी बरालिएको हो कि भन्ने महशुस भइरहेको पनि बताए।