बिएल संवाददाता
चाड पर्वकाे माैका छाेपेर चाेरी गर्ने व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेकाे छ। काठमाडाैँकाे पेप्सीकाेलास्थित अञ्जली ताम्राकारकाे घरकाे काेठामा फेडेर धनमाल चाेरी गर्नेलाई प्रहरीले पक्राउ गरेकाे हाे।
पक्राउ पर्नेमा नुवाकाेटकाे मेघाङ- ५ टक्सारका २८ वर्षीय मनिष सापकाेटा, २८ वर्षीय डियुक सापकाेटा र श्रीमाया तामाङ तथा काभ्रेकाे पाँचखाल- ३ चाेकपाटीका २७ वर्षीय धनेष लामा रहेका छन्।
उनीहरुले मंगलबार अञ्जलीकाे घरमा बस्ने चिनियाँ नागरिक लुओ जाई लिआनकाे काेठामा प्रवेश गरी लकर फाेडेर त्यसमा राखिएकाे १९ लाख नगद चाेरी गरेका थिए। उनीहरुले साे घरकाे सिसिटिभी क्यामेराकाे हार्डड्राइभ समेत साथमै लिएर भागेका थिए।
उनीहरुलाई बिहीबार काठमाडाैँका विभिन्न स्थानबाट पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ।
१९ लाख चाेरी गरेका उनीहरुले त्याे पैसाबाट एनएस- २०० माेटरसाइकल किनेकाे खुलेकाे छ। प्रहरीले पक्राउ गर्नुअघि नै उनीहरुले चाेरी गरेकाे पैसा बाँडफाँड गरिसकेका थिए।
उनीहरु थप अनुसन्धान र कारबाहीकाे लागि नयाँ बानेश्वर प्रहरी वृत्तमा राखिएकाे छ।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया