बिएल संवाददाता
पछिल्लो २१ वर्षमा ३२ पटक नेपाल घुमेर यहाँका पर्यटकीय तस्बिरहरू आफ्नो देशमा प्रदर्शन गर्दै आएका रुसी फोटोग्राफर युरी रोडिचेभ काठमाडौंमा सम्मानित भएका छन्। उनलाई पर्यटनकर्मी युवाहरूको संस्था ‘कन्सेप्ट नेपाल’ले ‘नेपालको पर्यटन दूत’ घोषणा गरेको छ।
ठमेलको होटल होली हिमालयमा आयोजक संस्थाका सदस्य एवम् वातावरणविद् देबेन्द्र बस्न्यातले फोटोग्राफर रोडिचेभलाई सम्मानपत्र अर्पण गरेका थिए।
युरीले रुसका विभिन्न सहरमा १८१ पटक नेपालका पर्यटकीय तस्बिरहरू प्रदर्शनी गरिसकेका छन्। हालै उनको ‘दि हिमालयज्’ नामक फोटो बुक पनि प्रकाशित भएको छ।
‘उहाँले नेपाल प्रवर्द्धनमा अतुलनीय योगदान पुर्याउनु भएको छ’, कन्सेप्ट नेपालका संयोजक पवन शाक्यले भने, ‘त्यसैले हामीले सम्मान गरेका हौं।’
कार्यक्रममा ट्रेकिङ एजेन्सिज् एसोसियसन अफ नेपाल (टान)का पूर्वअध्यक्ष ज्योति अधिकारी, टानका पूर्वमहासचिव कर्ण लामा र पर्यटन पत्रकार अमृत भादगाउँलेले रोडिचेभजस्ता नेपालप्रेमी नेपालको अघोषित पर्यटनदूत भएको बताए।
६३ वर्षको उमेरमा पहिलोपटक नेपाल आएका रोडिचेभलाई नेपालले मोहनी लगाएको छ। उनले नेपालका विभिन्न ठाउँमा पदयात्रा गरेका छन्। भने विभिन्न हिमचुलीसमेत आरोहण गरिसकेका छन्।
१४ वर्षकै उमेरदेखि फोटोग्राफीमा लागेका युरीले तस्बिर खिच्न निकै सङ्घर्ष गरेका छन्। उनी जीवनसाथी आनासँगै नेपाल घुम्छन्। यो दम्पत्ति बुधबारै स्वदेश फर्केको छ।
बुक्स हिमालयले प्रकाशन गरेको १८४ पृष्ठको पुस्तकको मूल्य ३५ सय रुपैयाँ तोकिएको छ।
रमा हत्या प्रकरण : मुख्य आरोपी भारतीय नागरिक पक्राउ, प्रहरीले सार्वजनिक गर्यो घटना विवरण
घरायसी विवादमा श्रीमतीको हत्या गर्ने ‘नेपाली ब्रो’ भन्ने कुमार थापा पक्राउ
२१ वर्षीया रमा तिवारी हत्या प्रकरण: यौन सम्पर्कपछि पैसाको विवाद हुँदा हत्या, भारतीय नागरिक पक्राउ
प्रेममा धाेका पाएँ, न्यायकाे पर्खाइमा छु– जमुना खत्री
सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
कर्नालीका सुइना के साँच्चै ‘हाम्मा सुइना’ हुन्?
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया