बिएल संवाददाता
नेपाली काँग्रेसका प्रवक्ता एवं सांसद डा.प्रकाशशरण महतले सहकारीको पैसाबाट गोरखा मिडिया सञ्चालन भएपनि दोषी होइन भनेर भन्न सम्भव नभएको बताएका छन्।
सोमबार प्रतिनिधिसभाको बैठक पश्चात उनले तलब भत्तादेखि सबै कुरा सहकारीको पैसाबाट चलाएकाले यस्तो अवस्थामा आफूलाई निर्दोश भन्नु मान्य नभएको बताए।
‘सूर्य थापाले स्पष्ट के भन्नुभयो भने गोरखा मिडिया प्रालिले ८५ करोड रुपैयाँ सहकारीहरुबाट लिएको छ। भनेपछि गोरखा मिडिया प्रालि नै सहकारीको पैसाबाट चलेको रहेछ भन्ने कुरा स्पष्ट हुन्छ। उहाँको तलब भत्तादेखि सबै कुरा सहकारीको पैसाबाट चलेको रहेछ। त्यहाँको जिम्मेवारी तहमा रहँदा पनि पैसा आएको छ। लिनै नमिल्ने पैसा लिएर सञ्चालन गर्नुभएको छ। यति हुँदा पनि दोषी होइन भनेर घोषणा गर्दै हिँड्नुहुन्छ भने त्योभन्दा गैरजिम्मेवार कुरा अरु हुन सक्दैन’, सांसद महतले भने।
यसको साथै उनले सभामुखले प्रतिवेदनमा आएका कुराहरुलाई मध्यनजर गरेर कार्याअर्थ गर्न निर्देशन दिएको अवस्थामा रवि लामिछानेले क्लिन चिट नपाएको बताए।
उनले भने, ‘प्रतिवेदन बुझाएपछि सभामुखले सरकारले प्रतिवेदनमा आएका कुराहरुलाई मध्यनजर गरेर निर्देशन दिएको अवस्थामा कसरी रवि लामिछानेले क्लिन चिट पाउनुभयो त्यो मलाई थाहा छैन।’
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया