बिएल संवाददाता
सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले तयार पारेकाे प्रतिवेदन संसदमा पेश भएकाे छ।
साेमबार बसेकाे संसद बैठकमा समितिका सभापति सूर्य बहादुर थापाले प्रतिवेदन पेश गरेका हुन्।
बैठकमा सभापति थापाले साढे तीन महिना नपुग्दै ६६ वटा बैठक सम्पन्न गरेको जानकारी गराए।
उनका अनुसार ४५१ जनासँग छलफल, ४७ जना सहकारी सञ्चालकसहित अन्य ८ गरी ५५ जनासँग सोधपुछ गरिएकाे छ।
साथै सभामुख देवराज घिमिरेले उक्त प्रतिवेदन आवश्यक कामका लागि सरकारसमक्ष पठाउन संसद सविचालयलाई निर्देशन दिएका छन्।
समितिले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक, पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहितलाई दोषी ठहर गर्दै तयार भएको प्रतिवेदन पारित पारेकाे थियाे।
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया