ओलीले खाए गाली, फेसबुकले फर्काइदियाे बालेनकाे स्टाटस

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौँ महानगरका मेयर बालेन शाहको पोष्ट फेसबुकले फिर्ता गरेको छ।

एमाले लुम्बिनी प्रदेश सांसद रेखाकुमारी शर्मालाई लक्षित गर्दै लेखेको घरेलु बाल श्रमसम्बन्धी स्ट्याटसलाई फेसबुकले केहि दिनअघि हटाएको थियो।

बालेनले भने आफ्नो पोस्ट सरकारले हटाएको भन्दै प्रधानमन्त्री केपी ओलीविरुद्ध आक्रोशित बनेका थिए।

बालेनको पोष्टमा रिपोर्ट गरेर हटाउन भूमिका खेलेको भन्दै बालेनका समर्थकले ओलीको फेसबुक पेजमा अनफलोको अभियाननै चलाएका थिए।

यस क्रममा बालेन र ओलीका समर्थक एक आपसमा डिजिटल लडाइँमा लागेका थिए।

प्रकाशित मिति: : 2024-09-06 17:19:00

प्रतिकृया दिनुहोस्