नेपाल बार एसोसिएसनले न्याय परिषद्मा धर्ना सुरु गरेको छ।
यसअघि गरिएको नियमावली संशोधन सच्याइनुपर्ने माग राख्दै आइतबार बारले रामशाहपथस्थित न्याय परिषद्मा धर्ना सुरु गरेको हो।
उनीहरुले न्याय परिषद् नियमावलीमा भएको गैरसंवैधानिक र गैरन्यायिक संशोधन तत्काल खारेज गर्नुपर्ने, गैरसंवैधानिक संशोधित नियमावली बमोजिम न्यायाधीश नियुक्ति नगर्ने र न्यायालयमा व्याप्त भ्रष्टाचार, विकृति, विसंगति अन्त्य गरी न्यायिक स्वच्छता कायम गर्नुपर्नेलगायतका माग राखेका छन्।