टिकटक खाेल्ने तयारीमा सरकार

File Photo
File Photo

सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध हटाउने तयारी गरेको छ।

टिकटकले पत्र लेख्दै सरकारले राखेका शर्तहरुको पालना गर्ने प्रतिबद्धता जनाएपछि सरकार प्रतिबन्ध हटाउने तयारीमा लागेको हो।

पुष्पकमल दहाल प्रचण्ड नेतृत्वको सरकारले २०८० को कात्तिक २७ मा टिकटकले सामाजिक सामाजिक मर्यादा बिथोलेको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो।

अहिले टिकटकले पत्र लेखेर नेपालका सबै कानुन र शर्त मान्ने लिखित प्रतिबद्धता जनाएपछि प्रतिबन्ध हटाउने तयारी सुरु भएको सञ्चार मन्त्रालयसम्बद्ध स्रोतले जानकारी दिएकाे छ।

चीन सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउन पटक पटक विभिन्न तहबाट दबाब दिँदै आएको छ। सञ्चार मन्त्रालय स्रोतले टिकटकले लिखित प्रतिबद्धता जनाएपनि यसको नियमन कसरी गर्ने भन्ने विषय छलफलमा रहेको बताएको छ।

टिकटकमा प्रतिबन्ध लगाउँदा तत्कालीन प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेस र नेकपा एमालेलाई विश्वासमा लिएर गरेका कारण अहिले हटाउँदासमेत प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस र माओवादी केन्द्रलाई विश्वासमा लिनुपर्ने समेत बताइएको छ।

टिकटक प्रतिबन्धपछि सर्वोच्च अदालतमा मुद्धाहसमेत दायर भएका छन् र सुनुवाइको क्रममा रहेका छन्।

प्रकाशित मिति: : 2024-08-20 14:50:00

प्रतिकृया दिनुहोस्