टिआरसी विधेयक संसदबाट पारित

Break n Links
Break n Links

संक्रमणकालीन न्यायसम्बन्धी (टिआरसी) विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ।

बुधबार बसेकाे प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले प्रस्तुत गरेको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक पारित भएको हो।

लामाे समयपछि उक्त विधेयकमा तीन राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीका शीर्ष नेताहरूले सहमति जुटाएका थिए। 

टिआरसी विधेयक २०७९ फागुन २५ गते संसद्मा दर्ता भएको थियो। त्यसपछि २०८० वैशाख ५ गते संसदकाे कानुन समितिमा पठाएको थियो। समितिले झन्डै १६ महिनापछि साउन २४ गते सर्वसम्मत पारित गरेको थियो।

आजकाे प्रतिनिधिसभा बैठकमा शीर्ष नेताले सम्बोधन गरेपछि विधेयक पारित भएको हो। अब विधेयक राष्ट्रियसभामा जानेछ।

प्रकाशित मिति: : 2024-08-14 17:32:00

प्रतिकृया दिनुहोस्