नेपाली कांग्रेसका सांसद गगन थापाले भुटानी शरणार्थी, गिरीबन्धु र विद्युत महशुलमा असुलीमा तलमाथि गर्न नहुने बताएका छन्।
प्रतिनिधिसभाको जारी बैठकको बिशेष समयमा बोल्दै थापाले भुटानी शरणार्थी प्रकरणमा हालसम्म भएका अनुसन्धानमा नै टेकेर थप अनुसन्धान गर्नुपर्ने बताए।
साथै उनले सर्वोच्च अदालतले दिएको आदेशअनुसार गिरिबन्धुको मुद्दा टुंग्याउने पर्ने र विद्युत महशुल बक्यौता कानुननुसार असुल गर्नुपर्नेसमेत माग गरे।
‘हिजो हामी प्रतिपक्षमा बस्दा जे–जे बोलेका छौँ, यतापटी कुर्सी (सत्तापक्ष)मा बस्दा पनि त्यही विषय उठाउने छौँ,’ उनले भने, ‘भुटानी शरणार्थी, गिरिबन्धु र विद्युत मस्यौदा शुल्कका बारेमा उही धारणा रहेको छ, यसको सत्यतथ्य छानबिन हुन्छ।’
उनले यी तीनै विषयलाई सरकारले सत्यतथ्य रुपमा छानबिन गर्नुपर्नेमा जोड गरेका छन्।