दुई वर्ष पुग्नुभन्दा एक साताअघि नै राजीनामा दिन्छु: प्रधानमन्त्री ओली

Break n Links
Break n Links

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेस र एमालेकाे सहमति आफूले बमोजिम दुई वर्ष पुग्नुभन्दा एक साता अघि राजीनामा दिने बताएका छन्। 

मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरकारका सचिवहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले यस्ताे बताएका हुन्।

यो सरकार पनि कति दिन चल्ने हो र भनेर भ्रम फैलाइरहेकाे भन्दै आफूले सहमति बमोजिम दुई वर्ष पुग्ने एक साताअघि राजीनामा दिने र त्यसपछि कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा चुनावसम्म जाने बताए।

‘मेरो नेतृत्वको सरकार दुई वर्ष चल्छ। दुई वर्ष पुग्नुभन्दा एक साताअघि नै मैले राजीनामा गरिसकेको हुन्छु। गर्छ कि गर्दैन भन्ने कुनै दुबिधा हुँदैन’, प्रधानमन्त्री ओलीले भने, ‘त्यसपछि शेरबहादुर देउवाजीको नेतृत्वमा चुनावसम्म जाने हो। यसमा ढुक्क भए हुन्छ सरकार कुनै प्रकारको दाउपेच छिर्के लगाएर र मन्त्री बन्न होइन ठुला पार्टीले बुझेर बनाएको हो। ढल्ने त के ढलपल पनि हुँदैन।’

मुलुकको गम्भीर परिस्थितिमा दुई प्रमुख दलको सहभागितामा सरकार बनेकाले यसलाई असफल हुने छुट नरहेको र छुट हुन नदिइने उनले बताए।

प्रधानमन्त्री ओलीले अघिल्लो सरकारबाट काम हुन नसकेको र जनतामा निराशा छाएकाले दुई प्रमुख पार्टीको अगुवाईमा सरकार परिवर्तन गर्नुपरेको आफूले सदनमा विश्वासको मत माग्ने क्रममा पनि स्पष्ट पारिरहेको स्मरण गराए।

‘यी दुई पार्टी मुलुकको आर्थिक, सामाजिक रुपान्तरणमा विशेष योगदान दिँदै आएका पार्टी हुन्। राणाकालदेखि राजतन्त्रसम्मको आन्दोलनमा जितेर आएका यी पार्टीको मुलुकको विकास र परिवर्तनका लागि हिस्सा र मुख्य भूमिका रहेको छ। त्यसकारण यो सरकारको काँधमा असाधारण जिम्मेवारी छ। यसलाई असफल हुने छुट छैन र कुनै हालतमा असफल हुन दिइँदैन।’

प्रकाशित मिति: : 2024-07-30 15:31:00

प्रतिकृया दिनुहोस्