एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक भोलि, यस्ताे छ एजेण्डा

File Photo
File Photo

नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कमिटी बैठक भोलि सोमबार बस्ने भएको छ।

बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सोमबार १:०० बजे बस्ने भएको हाे।

पार्टी विधानअनुसार २९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था गरिएकामा अब ३२९ सदस्यीय कार्यसमिति विस्तार हुनेछ।

सबै प्रदेशले केन्द्रमा पठाएको सिफारिसका आधारमा नेताहरूको योगदान र क्षमताको मूल्याङ्कन गरी भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर मनोनयन गर्ने, कमिटीलाई पूर्णता दिएपछि पदाधिकारी चयन गर्नेलगायत विषयमा छलफल हुने बैठकका एजेण्डा रहेका छन्।

प्रकाशित मिति: : 2024-07-28 13:57:00

प्रतिकृया दिनुहोस्