महेश बर्तौला सत्ता पक्षको मुख्य सचेतकमा नियुक्त

File Photo
File Photo

सत्तारुढ दलको मुख्य सचेतकमा नेकपा एमालेका सांसद महेश बर्तौला नियुक्त भएका छन्।

प्रधानमन्त्री तथा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले बर्तौलालाई बुधबार मुख्य सचेतक पदमा मनोनयन गरेका हुन्।

एमाले संसदीय दलको विधान २०७७ र सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा पाउने गरी बर्तौलालाई प्रतिनिधि सभामा मुख्य सचेतक पदमा साउन २ गतेबाट लागू हुनेगरी मनोनयन गरिएको बताइएको छ।

प्रकाशित मिति: : 2024-07-17 14:58:00

प्रतिकृया दिनुहोस्