नवनियुक्त प्रधानमन्त्री ओलीलाई पूर्वराष्ट्रपति भण्डारीकाे बधाई

Break n Links
Break n Links

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न निजी–निवास पुगेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै उनी चपलीस्थित पूर्वराष्ट्रपतिकाे निवासमा पुगेर छलफलमा जुटेका हुन्।

उनीहरूबीच पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भइरहेकाे छ। काराकानीका क्रममा पूर्वराष्ट्रपति भण्डारीले नवनियुक्त प्रधानमन्त्री ओलीलाई बधाई तथा शुभकामना दिएकी छिन्।

एमाले स्रोतकाअनुसार पूर्वराष्ट्रपति भण्डारीले एमालेबाट मन्त्री हुनेहरूको नामप्रति चासो राखेकी छिन्। उनले आफूनिकट दीपा शर्मा र गोकुल बाँस्कोटामध्ये एकजनालाई मन्त्री बनाउन अनुराेध गरेकाे ओलीनिकट स्राेतकाे दाबी छ।

प्रकाशित मिति: : 2024-07-14 19:12:00

प्रतिकृया दिनुहोस्