२० कराेडकाे काेकिनसहित विदेशी महिला पक्राउ

Break n Links
Break n Links

काठमाडाैंकाे ठमेलस्थित एक हाेटलबाट लागु औषध कोकिनसहित एक विदेशी महिला पक्राउ परेकी छन्। 

पक्राउ पर्नेमा मलेसियाकी ४७ वर्षीया बाथुमालाई भाडिभालु रहेकी छन्। 

काठमाडौँ सिटी होटलमा लागु औषधको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त लैनचौरको संयुक्त टोलीले उनलाई पक्राउ गरेकाे हाे। 

कोठाको खान तलासी गर्दा ६ वटा स्कुल ब्यागमा फल्स बटम बनाएर कोकिन लुकाएको भेटियाे। 

विदेशी महिलाकाे साथबाट बरामद गरिएकाे काेकिन ५ किलो ८२० ग्राम थियाे। जसकाे बजार मूल्य २० करोड ३६ लाख रुपैयाँ हुन आउने प्रहरीकाे बताएकाे छ।  

प्रकाशित मिति: : 2024-07-14 12:57:00

प्रतिकृया दिनुहोस्