अब ‘रेड एड्भाइजरी’ (उच्च जोखिमको सूचना) जारी भएका दिन रात्रिकालीन सवारी चलाउन नपाइने भएको छ।
शुक्रबार गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखामा बसेको बैठकले उक्त निर्णय गरको हो।
अब मनसुनका समयमा जल तथा मौसम विज्ञान विभागबाट ‘रेड एड्भाइजरी’ जारी हुनेछ।
जुन जिल्लामा ‘रेड एड्भाइजरी’ हुन्छ त्यस क्षत्रमा रातमा सवारी चलाउन नपाइने विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख डा. भीष्मकुमार भुसालले जानकारी दिए।