काँग्रेस–एमाले मिलेर साना दललाई गर्भमै सिध्याउने षड्यन्त्र गरेका छन्– प्रचण्ड

Break n Links
Break n Links

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठूला दलहरू मिलेर साना दलहरूको अस्तित्व सक्काउन लागेको बताएका छन्। 

‘नयाँ पार्टीहरूलाई गर्भमै सिध्याउने षड्यन्त्र भइरहेको छ’ उनले भनेका छन् ‘थारुले पनि पार्टी बनाउने? मधेसीले पनि पार्टी बनाउने? भन्ने सुनेको छु। तपाईंहरूले मलाई विश्वासको मत दिनुस् नदिनूस् मलाई कुनै टेन्सन छैन। तर कुन सिद्धान्तमा जानुहुन्छ भन्ने हो।’ 

उनले काँग्रेस एमालेलाई ‘विशेष आग्रह’ भन्दै ‘संविधान नकुल्चेर बहादुर भइँदैन भन्ने नसोच्नु पनि चेतावनी दिए। 

‘कहिले विश्वासको मत पाएँ।कहिले अत्यधिक मत पाएँ। आज त पाउँदिन होला तर मलाई यो पनि अनुभव गर्न मन छ हार्दा कस्तो हुनेरैछ भनेर’ यति भनेर उनले विश्वासको मत मागें।

प्रकाशित मिति: : 2024-07-12 13:24:00

प्रतिकृया दिनुहोस्