पहिरोले घर पुरिँदा एकैपरिवारका ७ जनाको मृत्यु

फाइल तस्बिर
फाइल तस्बिर

निरन्तरको वर्षापछि आएको पहिरोमा घर पुरिँदा कास्कीमा एकै परिवारका सात जनाको मृत्यु भएको छ।

पोखरा–महानगरपालिका वडा नम्बर १२ पुरनचौरमा एकै परिवारका ७ जनाको पहिरोमा पुरिएर मृत्यु भएको अधिकारीहरूले जनाएका छन्।

बिहीबार राति सवा १० बजेतिर खसेको पहिरोमा पुरिएर ४७ वर्षीय कुलबहादुर परियार, उनको पत्नी ४३ वर्षीया मनकुमारी, ८५ वर्षीया आमा लक्षिमा, छोरी १५ वर्षीय प्रशना, २० वर्षीया प्रभा, ज्वाइँ २५ वर्षीय अस्मित परियार र तल्लाकोट बस्न राधिका परियारको ज्यान गएको कास्की प्रहरी प्रवक्ता तथा डिएसपी वसन्तकुमार शर्माले जानकारी दिएका छन्।

छोरीज्वाइँसहित सबै परिवार नै घरमा जम्मा भएर बसिरहेका बेला खसेको पहिरोले पुरेको र राधिकाको चाहिँ उद्धार गर्न खटिएकै क्रममा मृत्यु भएको शर्माले बताएका हुन्।

प्रकाशित मिति: : 2024-07-12 07:01:00

प्रतिकृया दिनुहोस्