बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-७ कुमारीगाल बस्ने ५२ वर्षीय मणिराम पौडेललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ। 

बैंकिङ कसुर मुद्दामा जिल्ला अदालत काठमाडौंबाट २०८१ असार १२ गते पक्राउ अनुमति जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं कुमारीगालबाट पक्राउ गरेको हो।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागी प्रहरी वृत्त गौशाला पठाइएको छ। 

प्रकाशित मिति: : 2024-07-11 20:39:00

प्रतिकृया दिनुहोस्