एमाले-काँग्रेसमा मन्त्रीका लागि दाैडधुप, चर्चामा आरजुदेखि सुहाङ नेम्वाङसम्म

Break n Links
Break n Links

असार १७काे एमाले-काँग्रेस बिचकाे सहमतिअनुसार नयाँ सरकारकाे सुनिश्चितता भइसकेकाे छ।

शुक्रबार (भाेलि) प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासकाे मत लिँदैछन्। स्पष्टरुपमा अल्पमतमा रहेका प्रचण्डले संसदमा विश्वासकाे मत लिन सकेनन् भने त्यहीबाट नयाँ सरकार गठनकाे प्रक्रिया सुरु हुनेछ।

नयाँ सरकार गठनका लागि एमाले-काँग्रेस लगभग सम्पूर्ण रुपमा तयारी अवस्थामा छन्। असार १७काे सात बुँदे सहमतिअनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीकाे नेतृत्वमा सरकार बन्नेछ।

ओलीकाे नेतृत्वमा सरकार बन्ने सुनिश्चित भएपछि यतिबेला एमाले-काँग्रेसमा मन्त्रीका लागि दाैडधुप सुरु भएकाे छ। बुधबार साँझ देउवा निवास बूढानीलकण्ठमा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाबीच मन्त्री कसलाई बनाउने भन्ने विषयमा माेटामाेटी कुराकानी भएकाे बताइएकाे छ।

अन्य साना दलहरु सरकारमा सहभागी नभएकाे अवस्थासम्म काँग्रेसले १० र एमालेले ९ वटा सहमति भएकाे छ।

एमाले बुधबार बसेकाे सचिवालय बैठकमार्फत मन्त्री छनाैटका लागि प्रारम्भिक मापदण्ड बनाएकाे छ। एमालेले अनुभवीलाई भन्दा नयाँ र काम गर्न सक्ने नेताहरुलाई सरकारमा सहभागी गराउने तयारी गरेको चर्चा छ।

एमालेबाट अर्थमन्त्रीमा विष्णु पौडेलको चर्चा छ। भने, पदम गिरी, महेश बर्तौला, सुनिता बराल, विद्या भट्टराई, सुहाङ नेम्वाङ, छविलाल विश्वकर्मालगायतको नाम मन्त्री बन्नेमा चर्चा छ।

त्यस्तै काँग्रेसमा कांग्रेस-एमाले गठबन्धन बनाउन खोजेका प्रमुख सचेतक रमेश लेखक गृहमन्त्री बन्ने चर्चा रहेको छ। भने, सभापति देउवा पत्नी आरजु राणा परराष्ट्रमन्त्री बन्ने चर्चा रहेको छ।

त्यस्तै महामन्त्री गगन थापा, सांसद प्रदीप पौडेल, जीवन परियारलगायतको नाम मन्त्री बन्नेमा चर्चामा छ।

कांग्रेसमा रहेको चर्को गुटबन्दीका कारण सबै गुटको प्रतिनिधित्व मिलाएर मन्त्री छान्न भने सकस रहेको छ।

यद्यपि, अहिलेसम्म कांग्रेसमा मन्त्री छान्ने विषयमा केन्द्रित भएर छलफल नभएको कांग्रेस नेताहरुले बताएका छन्।

प्रकाशित मिति: : 2024-07-11 09:27:00

प्रतिकृया दिनुहोस्