एमाले सचिवालय बैठक बस्दै

फाइल तस्विर
फाइल तस्विर

नेकपा (एमाले)काे सचिवालय बैठक आज (मंगलबार) हुँदैछ। बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिसँसाे १ बजे बस्न लागेकाे हाे।

बैठकमा समसामयीक राजनीतिक विषयसँगै २०८१ काे कार्ययाेजना लागु गर्ने विषयबारे छलफल हुने बताइएकाे छ।

त्यस्तै शुद्धीकरण अभियान, असार १७ मा भएकाे सहमतिअनुसार काँग्रेस-एमालेकाे सत्ता समीकरणपछि बन्ने सरकारलगायत विषयमा छलफल हुने महासचिव शङ्कर पाेखरेलले जानकारी दिए।

प्रकाशित मिति: : 2024-07-09 07:48:00

प्रतिकृया दिनुहोस्