भारी वर्षाका कारण कञ्चनपुरका अधिकांश ठाउँ डुबानमा, १७ सय जनालाई सुरक्षित स्थानमा सारियाे

ekanchanpurkhabar
ekanchanpurkhabar

निरन्तरकाे वर्षाका कारण कञ्चनपुरका अधिकांश ठाउँ डुबानमा परेका छन्।

निरन्तरकाे वर्षाका कारण जिल्ला सदरमुकामसहित पुनर्वास, बेलाैरी, बेलडाँडी, लालझाडी, कृष्णपुर, शुक्लाफाँटा, वेतकाेट, भिमदत्त र दाेधारा चाँदनीका अधिकाश ठाउँ डुबानमा परेकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ।

डुबानबाट हालसम्म १ हजार ७ सय ३१ जना मानिस विस्थापित र ५ सय ११ जनाकाे उद्दार गरिएकाे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जाेशीले जानकारी दिए।

उनका अनुसार विपद् व्यवस्थापन र उद्वारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीकाे टाेली परिचालन गरिएकाे छ।

प्रभावितहरुलाई विद्यालय र आफन्तहरुकाेमा बसाइएकाे छ।

प्रकाशित मिति: : 2024-07-08 09:43:00

प्रतिकृया दिनुहोस्