बाढी र पहिरोमा परी १४ जनाकाे मृत्यु, १८ जना घाइते

Break n Links
Break n Links

बितेकाे २४ घण्टामा अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुवानमा परी हालसम्म १४ जनाको मृत्यु भएको छ।

गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाे तथ्याङ्कअनुसार उक्त विपत्तिमा परी १८ जना घाइते भएका छन् भने ४ जना बेपत्ता भएका छन्।

यसैगरी बाढी, पहिरो र डुवानबाट २४ वटा घर र १७ गाेठमा क्षति पुगेकाे छ।

प्राधिकरणका अनुसार बाढी, पहिरो तथा वर्षाकाे घटनामा परी काठमाडौँमा एक, स्याङ्जामा तीन, पर्वतमा दुई, उदयपुरमा एक, काभ्रेमा दुई, पाल्पामा एक, तनहुँमा तीन तथा दाङमा एक जना गरी १४ जनाको मृत्यु भएको छ।

काठमाडौंस्थित नागार्जुन नगरपालिका–३ को पहिरोमा पुरिएर गोरखा लखन थापा गाउँपालिका–६ का मनोज विकको मृत्यु भएको थियो। पहिरोमा परी उदयपुरको रौतामाई गाउँपालिका–५ का राज राई, काभ्रेको रोशी गाउँपालिका–११ बस्ने जालमाया रुजालमगर र सेतीमाया रुजालको मृत्यु भएको छ।

त्यसैगरी पहिरोमा पुरिएर तनहुँको शुक्लागण्डकी नगरपालिका–७ बस्ने हिरा नेपाली, अनिशा बास्तोला, श्याम भण्डारी, स्याङ्जा बिरुवा गाउँपालिका–६ स्याङ्दी बस्ने गुईश्वरी शर्मा मरासिनी, माधव शर्मा, हरिमाया शर्माको मृत्यु भएको हाे।

पर्वतको फलेबास नगरपालिका–१ कार्किनेटा बस्ने झलकप्रसाद शर्मा, तुलसीप्रसाद शर्मा, पाल्पाको माथागढी गाउँपालिका–६ की रिमा सराहा रानामगर तथा दाङको लमही नगरपालिका–८ बग्रपुर बस्ने मनियम चौधरीकोसमेत पहिरोमा परी मृत्यु भएको हाे।

बाढी र पहिरामा परी बेपत्ता हुनेमा दोलखा गौरीशङ्कर गाउँपालिका–९ का जाङ्मु शेर्पा, दाङको राजपुर गाउँपालिका–२ का राजकुमार यादव तथा स्याङ्जा भिरकोट नगरपालिका–५ ज्यामिरेकी खेमकुमारी मल्ल छन्।

हालसम्म तनहुँमा पाँच जना, गुल्मीमा एक जना, ओखलढुंगामा दुई जना, काठमाडौंमा तीन जना, चितवनमा एक जना तथा स्याङ्जामा ६ जना गरी १८ जना घाइते भएका हुन्।

प्रकाशित मिति: : 2024-07-07 17:30:00

प्रतिकृया दिनुहोस्