एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक बस्दै

File Photo
File Photo

नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ।

बिहान ११ बजे बस्ने बैठकले प्रदेश प्रमुखको जिम्मेवारी तोक्ने बताइएको छ।

हालै सम्पन्न महाधिवेशनपछि एकीकृत समाजवादीले ९३ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ भने पदाधिकारीमा अध्यक्ष, सम्मानित नेता र महासचिव चयन गरेको छ।

यसअघि शनिबार बसेको पहिलो बैठकले सबै २९९ केन्द्रीय सदस्यको चयनपछि मात्र पदाधिकारीको टुंगो लाग्ने निर्णय गरेको नेता जगन्नाथ खतिवडाले जानकारी दिएका थिए।

खतिवडाले महाधिवेशनले पार्टीलाई अघि बढाउन ऊर्जा प्राप्त भएको निष्कर्ष बैठकले निकालेको बताउँदै पदाधिकारी चयन भइनसकेको अवस्थामा दैनिक काम व्यवस्थापन गर्न पुरानै व्यक्तिलाई पुरानै जिम्मेवारी दिने निर्णय भएको बताएका थिए।

प्रकाशित मिति: : 2024-07-07 10:57:00

प्रतिकृया दिनुहोस्