पहिरोमा परी स्याङ्जामा २ को मृत्यु, १ जना बेपत्ता

फाइल तस्बिर
फाइल तस्बिर

स्याङ्जामा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ। एक जना बेपत्ता भएका छन्।

शनिबार विरुवा गाउँपालिका-६ लामाखेतमा ईश्वरी लम्सालको घरमा पहिरो जाँदा विरुवा-६ माझकोटकी ६५ वर्षकी गह्येश्वरी शर्मा मरासिनी र ६७ वर्षकी हरिमाया शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएकाे छ।

उक्त पहिरोमा परी ७१ वर्षका माधव शर्मा बेपत्ता भएका छन्। उनको खोजी भइरहेको डीएसपी रानाले जानकारी दिए। पहिरोमा परी घाइते भएका ५ जनाको प्रहरीले उद्दार गरेको छ।

प्रकाशित मिति: : 2024-07-06 20:38:00

प्रतिकृया दिनुहोस्