प्रधानमन्त्री प्रचण्डले २८ गते विश्वासको मत लिने

File Photo
File Photo

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही असार २८ गते विश्वासको मत लिने भएका छन्।

संसद सचिवालयलाई पत्र लेख्दै प्रधानमन्त्रीले २८ गतेको संसद बैठकमा विश्वासको मत लिने जानकारी गराएका हुन्।

यद्यपि बिएल नेपाली सेवासँग शुक्रबार प्रधानमन्त्री सचिवालय स्रोतले आउने आइतबार प्रचण्डले पदबाट राजीनामा दिने तयारी गरेको बताएको थियो।

संविधानअनुसार सरकारमा सहभागी दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएको ३० दिनभित्र प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिनुपर्ने प्रावधान रहेको छ। साेही प्रावधानअनुसार प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० को उपधारा २ बमोजिम विश्वासको मत लिनेछन्।

एमालेले प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएपछि प्रचण्ड विश्वासको मत लिनुपर्ने बाध्यतामा पुगेका हुन्।

गत सोमबार मध्यरातमा एमाले र नेपाली काँग्रेसबीच सरकार बनाउने सहमति भएसँगै प्रचण्ड नेतृत्वको सरकार संकटमा परेको छ।

प्रकाशित मिति: : 2024-07-05 16:47:00

प्रतिकृया दिनुहोस्