सहकारी ठगी प्रकरण: संसदीय छानबिन समितिले गर्‍याे गृहसचिव र आइजिपीसँग साेधपुछ

Break n Links
Break n Links

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा ‘संसदीय छानबिन विशेष समिति’ ले गृहसचिव र प्रहरी महानिरीक्षक (आइजिपी)सँग साेधपुछ गरेको छ।

शुक्रबार बसेको छानबिन समितिको दशौँ बैठकले गृहसचिव एकनारायण अर्याल र प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसँग सहकारीमा भएको बचत ठगी, अहिलेसम्मका अनुसन्धान र कारवाहीको विषयमा साेधपुछ गरेको हो।

यसअघि समितिले बिहीबार महालेखापरिक्षक तोयम राया, सम्पत्ति शद्धीकरण अनुसन्धान विभागका महानिर्देशक कमल भट्टराई र सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेसँग साेधपुछ गरेको थियो।

प्रकाशित मिति: : 2024-07-05 13:55:00

प्रतिकृया दिनुहोस्