‘रअ’का प्रमुख काठमाडौँमा

Break n Links
Break n Links

भारतीय गुप्तचर विभाग ‘रअ’का नयाँ नेपाल प्रमुख अँशुल शर्मा जिम्मेवारी सम्हाल्न काठमाडौँ आइपुगेका छन्।

उनी बिहिबार दिउँसो भिस्तारा एयरलाइन्सको युके–१५७ मार्फत् राजधानी आइपुगेका हुन्।

राघव पी.भट्नागरको कार्यकाल सकिएपछि ‘रअ’ले शर्मालाई नयाँ जिम्मेवारी दिएर नेपाल पठाएको अधिकारीहरूले जनाएका छन्। 

उनी काठमाडौँ आउनुअघि अमेरिकास्थित भारतीय दूतावासमा थिए। 

नेपालको आन्तरिक राजनीतिक खिचातानीमा भारतीय गुप्तचर विभागको भूमिकालाई लिएर आलोचनासमेत गरिन्छ।

‘रअ’का नेपाल प्रमुख शर्मा पनि ‘कांग्रेस–एमाले’ले नयाँ सत्ता गठबन्धनको दाउ खेलिरहेका बेला आइपुुगेका छन्।

प्रकाशित मिति: : 2024-07-04 19:35:00

प्रतिकृया दिनुहोस्