मैले विवाह गर्ने कि कुमार बस्ने निर्णय ‘रास्वपा’ले गरिदियाेस्

Break n Links
Break n Links

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री मुकुल ढकालले केन्द्रीय समिति बैठकमा व्यक्तिगत जीवनबारे पनि बाेलेका छन्।

पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जारी केन्द्रीय समिति बैठकमा महामन्त्री ढकालले व्यक्तिगत जीवन (विवाह)बारे पनि उल्लेख गरेका हुन्।

महामन्त्री ढकाललकाे मन्तव्यकाे बुँदा नं. २ मा उल्लेख छ, ‘गर्लफ्रेन्डकाे कुरा मेराे जीवनकाे बारेमा केन्द्रीय समितिले निर्णय गर्दा पनि फरक पर्दैन। मैले बिहा नै गर्ने कि कुमार नै बस्ने कि केन्द्रिय समितिले निर्णय गरिदियाेस्। केन्द्रीय समितिले नै केटी खाेजेर याेसँग गर भन्द भने पनि तयार छु। वा आफ्नाे  इच्छाले गर्छ भने पनि तयार छु।’

उनले केन्द्रीय समितिले जे निर्णय गर्छ त्यही गर्न तयार रहेकाे उल्लेख गरेका छन्।

०००

यस्ताे छ, महामन्त्री ढकालकाे मन्तव्यकाे अंश:

गल्फ्रेन्डको कुरा। मेरो जीवनकै बारेमा केन्द्रीय समितिले निर्णय गर्दा पनि फरक पर्दैन। मैले बिहा नै गर्ने कि नगर्ने, कुमार नै बस्ने कि, केन्द्रीय समितिले निर्णय गरिदेओस्। केन्द्रीय समितिले नै केटी खोजेर योसँग गर भन्छ भने पनि तयार छु। वा आफ्नो इच्छा गर भन्छ भने नि ठीक छ। तर निर्णय गरिदेओस्। जुन दिन यो निर्णय गर्न उपयुक्त लाग्छ त्यहि दिन गरिदिनुहोस्। देश निर्माण र देश निर्माणका लागी पार्टी चाहिन्छ भनेर पार्टी निर्माणका लागी जीवन नै समर्पण गरेको छु, गल्फ्रेन्डको कुरा गरेर, मलाई त केहि छैन, म सहुँला तर ती नारीप्रति सम्मान त गरिदिएको भए हुन्थ्यो। "म जान पाइन, एक जना नारी जाने? मेरो साटो" भनेर रडाको मच्याउँदा पनि, सायद मुकुल ढकालसँग जोडिएको विषय हो, कहाँबाट आउँछ मानव अधिकारका कुरा, महिला अधिकारका कुरा।

मेरो जीवनको विवाह बाहेकका पनि बाँकी सबै कुरा पार्टीले निर्धारण गरिदेओस्। पार्टीका केहि नेता भन्नुहुन्छ, सरकारी कर्मचारीका छोराछोरी सरकारी वि‌द्यालयमा पढ्‌नुपर्छ। जसले नियम बनाउँछ, नैताको छोराछोरीले पर्छ कि पर्दैन? मैले बिहा गरे र मेरो छोराछोरी जन्मिए भने मैले आफ्नो इच्छा अनुसार गर्ने हो वा पार्टीको नीति अनुसार। पार्टीको नीति अरुका लागी मात्र बन्ने हो कि आफ्ना लागी पनि? नेताहरू सरकारी अस्पतालमा उपचार गराउनु पर्ने हो कि होइन? आफ्नो इच्छाअनुसार गर्ने हो वा नीति अनुसार गर्ने हो? नीति बनाएपछि पालना गर्न तयार छौं? नेताको आचरण निर्धारण गरी पालना गर्न सबैजना तयार हुन्छन् न्छन् भने भने खुशी हुन्छु। नत्र पनि मेरा लागी मात्र भए पनि नीति बनाइ‌योस्। देश छोडेर जा, देशको हित हुन्छ भन्नु हुन्छ भने पनि गइदिन्छु। राजनीति छोड् देशको हित हुन्छ भने पनि छोडिदिन्छु। देशको हितमा कुन ठाउँमा हुँदा ठीक हुन्छ, मैले के गर्दा ठीक हुन्छ, तपाईंहरू भनिदिनुहोस्।

प्रकाशित मिति: : 2024-07-03 12:54:00

प्रतिकृया दिनुहोस्