प्रचण्डलाई तत्काल राजीनामा दिन एमालेको धम्की

फाइल तस्बिर
फाइल तस्बिर

काँग्रेससँग सरकार बनाउने सहमतिपछि नेकपा एमालेले तत्काल मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चेतावनी दिएको छ। 

मंगलबार बसेकाे एमालेको सचिवालय बैठकले संविधानको धारा ७६ (२)अनुसार सरकार निर्माणका लागि भाेलि (बुधबार)सम्म प्रचण्डलाई सरकार छाड्न चेतावनी दिएको हो। 

यद्यपी यो समाचार तयार पर्दासम्म एमालेले आफ्नो पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीलाई फिर्ता बोलाएको छैन। मन्त्री फिर्ता नबोलाउँदै बहुमतको सरकार चलाइरहेका प्रचण्डलाई भाेलिसम्म मार्ग प्रशस्त गर्ने एमालेले भनेको छ। 

एमालेले सरकारबाट मन्त्री फिर्ता बोलाए पनि ३० दिनसम्म प्रचण्ड सरकारमा रहेन सक्छन्। संविधानको धारा ८६ को उपधारा ४ बमोजिम उनले संसदबाट ३० दिनभित्र विश्वासको मत लिइसक्नु पर्छ। त्यसपछि मात्र विश्वासको मत नपाएमा मार्ग प्रशस्त गर्ने हो। 

माओवादीले यसैपनि अहिले नै राजीनामा नदिने भनिसकेको छ र संसदमा विश्वासको मत माग्ने भएको छ। त्यसका लागि सम्भवत प्रचण्डले ३० प्रधानमन्त्रीका रुपमा बिताउनेछन्। 

माओवादीका सचिवद दिनानाथ शर्मा कानुनअनुसार माओवादी अगाडी बढ्ने बिएल नेपाली सेवासँग बताए। 

मंगलबारको एमालेको सचिवालय बैठकले काँग्रेसको सहमतिमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने र  त्यसका लागि सरकारमा सहभागी हुन संसदमा रहेका सबै दलहरुलाई आव्हान गर्ने एमाले सचिव योगेश भट्टराईले बताए। 

प्रकाशित मिति: : 2024-07-02 17:10:00

प्रतिकृया दिनुहोस्